रौतहट,४ कार्तिक । जिल्ला प्रहरी कार्यालय रौतहटले माधव कुमार नेपाललाई कार्वाहीका लागि अहिले सम्म आधिकारीक पत्र नआएको बताएको छ । रौतहटमा आयोजित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. १ का उम्मेदवार माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र काटेको कुरा बाहिर आएको थियो । नेपालले रौतहटका युवालाई फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउने प्रलोभन दिएको भन्दै निर्वाचन आयोगले कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई पठाएको पत्र सार्वजनिक भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी बिर बहादुर बुढा मगरले अहिले सम्म निर्वाचन आयोगको अधिकारीक पत्र नआएको बताएका छन् । उनले आयोगको आधिकारी पत्र आएपछि कस्तो प्रकारको कार्वाही हुने भन्ने बिषयमा आफुहरुले छलफल गरेर अगाडी बढने बताए ।
नेपालले आफू चुनाव जिते ‘बिना ढेउवा के भिसा मिली, बिना ढेउवा के टिकट मिलि, बिना ढेउवाके काठमाडौँमे रहेका घरके तालिम मिलि’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको र उक्त अभिव्यक्ति नेपालको भएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बिहीबार आयोगले उल्लेख गरेको थियो । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लालच देखाउन नपाइने व्यवस्था छ । ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीत काम गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । आयोगले पूर्वप्रधानमन्त्री नेपालले निर्वाचन सम्मुखमा युवाहरूलाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाएकाले सम्बन्धमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई लेखेको लेखेको पत्र सामाजिक संजालमा छरपस्ट भएको थियो । शुक्रबार १० बजे आयोगको आधिकारीक पत्र आफ्नो कार्यालयमा आइनसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here