शेख अस्लम
चन्द्रनिगाहपुर,८ कार्तिक । पुर्व पश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर चोकमा नो पार्किङ भनेकै ठाउमा सवारी पार्क हुने गरेको छ । यो बजारमा बस पार्क नभएका कारण रातीको समयमा दर्जनौ ट्रक तथा बस पुर्व पश्चिम राजमार्गको दायाँ बाँया पार्किङ गरेर राखिने गरेका कारण सवारी दुर्घटानको खतरा बढदै जान थालेको छ ।
चन्द्रनिगाहपुर चोकमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले नो पार्किङ भनेर राखेको बोर्डकै बेवास्ता गर्दै सवारी पार्किङ गरेर राखिने गरिएको छ । यस तर्फ जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ध्यान जान नसकेको स्थानीयको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here