चन्द्रनिगाहपुर,८ कार्तिक । रौतहट स्थित सशस्त्र वन गस्ती टोलीले अवैध चिरान काठ सहितको एउटा ट्रक बरामद गरेको छ। डिभिजन वन कार्यालय रौतहटबाट सहायक वन अधिकृत बैजनाथ मण्डलको नेतृत्वमा गएको गस्ती टोलीले ना २ ख ८७१७ नम्बरको ट्रकमा अवैध तरिकाबाट सालको चिरान काठसहित बरामद गरेको हो । चन्द्रपुर नगरपालिका २ जुडीबेला गाउँबाट अवैध काठ लोड गरी आउनेक्रममा गएराती टोलीले चाँदीखोलाको पुल छेउबाट ट्रक लाई नियन्त्रणमा लिएको थियो । बरामद ट्रकमा १ सय ५० क्यूफिट भन्दा बढी अवैध चिरान काठ फेला परेको डिभिजन बन कार्यालय रौतहटका प्रमुख सुनिलकुमार कर्णले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here