सर्लाही,१२ कार्तिक । जिल्लाको हरिपूर्वामा छोरा मारेको आरोपमा भाईको परिवारमाथि आक्रमण भएको छ । शुक्रवार साँझ हरिपुर्वा नगरपालिका–५, निवासी भरत रायको परिवारले भाई गणेशी रायको परिवारमाथि आक्रमण गरेको हो । ६÷७ महिना अघि भरत रायका छोरा झुण्डीएको अवस्थामा फेला परेका थिए । सोहि घटनालाई लिएर अहिले दुइ दाजुभाईबीच झगडा भएको हो ।
छोरा मनोज रायको हत्या गरेको आरोप लगाउँदै दाजु भरत रायका परिवारले भाइ गणेशी रायको परिवार माथि आक्रमण गरको हो । दुइ दाजुभाईबीचको झगडाले उग्र रुप लिएपछि प्रहरीले तीन राउण्ड हवाई फायर गर्नुपरेको छ ।
स्थानीय समेत घटनामा सहभागी भएपछि स्थिती नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको सर्लाही प्रहरीले जनाएको छ । घटना पछि भरत रायले भाई गणेशी विरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । त्यस पछि गणेशी फरार भएको स्थानीयको भनाई छ ।
छठ पर्व मनाउन घर आएको समयमा उनीहरुबीच शुक्रवार साँझ झगडा भएको हो । लगत्तै जम्मा भएका भरत पक्षका स्थानीयले गणेशीको घर घेराहालेका थिए । झगडाले उग्र रुप लिएपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरेर घटनास्थल नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रविण पोखरेले जानकारी दिए । एसपी पोखरेलका अुनसार अहिले घटनास्थल प्रहरीको नियन्त्रणमा आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here