चन्द्रपुर,१२ कार्तिक । नेकपा एमाले रौतहट क्षेत्रनं ४ को क बाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका अखिलेश्वर चौधरीले आफुले चुनाव जिते मधेस प्रदेशमा हुने आर्थिक अनियमितामा अंकुश लगाउने बताएकाछन् ।
आफ्नो चुनावी क्षेत्रको जुडिबेलामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै चौधरीले विकासको बाधकनै आर्थिक अनियमिता रहेको हुँदा यसमा अंकुश लगाउनु आवस्यक रहेको बताएका हुन । उनले आफुले चुनाव जितेमा पहिलो काँमनै आर्थिक अनियमिता रोक्नु रहेको बताए । चौधरीले शुक्रबार जुडिबेलाका बिभिन्न स्थानमा आयोजित कार्यक्रममा मतदाताले राखेका प्रश्नको उत्तर दिदै आफ्नो पक्षमा मतदान गर्नका लागि आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here