चन्द्रनिगाहपुर,१४ कार्तिक । छठ पर्वको आज अन्तिम दिन ब्रतालुहरुले उदाउंदो सुर्यलाइ अर्घ्य दिएर छठ पर्व समापन गरेका छन । गत बिहीबार गोवर्धन पूजादेखि सुरु भएको छठ पर्वको पचौ दिन सोमबार बिहान उदाउँदो सुर्यलाइ अर्घ्य दिएर ब्रतालुहरु औपचारिक रुपमा छठ समापन गरेका छन ।
रौतहट चन्द्रपुर नगरपालिका ,सदरमुकाम गौरसहित जिल्लाका अन्य नदि, पोखरी तथा जलासयमा निर्माण गरिएको छठ घाटमा ब्रतालुहरु ३६ घन्टा लामो निर्जल र निराहार बसेर आइतबार अस्ताउदो सुर्यलाई अर्घ दिएका थिए ।