चन्द्रपुर,१५ कार्तिक ।
रौतहट क्षेत्र नं. ४ का संघिय संसद उमेदवार उद्धब प्रसाद रेग्मीले घरदैलो अभियानबाट जनताको अपार माया पाएको बताएका छन । सोमबार रौतहट क्षेत्र नं. ४ को क चन्द्रपुर नगरपालिका वाड नं. २ फुलवारी तथा जुडिबेलाको घरदैदलो कार्यक्रममा रेग्मीले यस्तो बताएका हुन ।
जनताको माया र सदभाबले आफुलाइ झन हौसला र उत्साह मिलेको रेग्मीले बताए । घरदैलो कार्यक्रममा स्थानिय स्तरका मतदाताहरुको बाक्लो सहभागिता र अपार मायाले झन शक्तिशाली बन्दै गएको महसुस भएको रेग्मीको धारणा थियो । निस्वार्थ भएर बिगतका दिनमा काम गरेको र काम गर्दा जनताले औला उठाउने कुनै पनि किसिमको काम नगरेकै कारण जनताको माया प्राप्त भएको उनले बताए । देश बनाउने पार्टी र आम जनताको पार्टी नेकपा एमाले भएकै कारण पनि जनताहरु आउदो निर्वाचनमा एमालेलाइ जिताउन आतुर देखिएको रेग्मीले बताए । रेग्मीले सोमबार फुलबार,कलटोल,रैयाटोल लगायतका टोलहरुको घरदैलो गरेका थिए । घरदैलो कार्यक्रममा नेकपा एमाले रौतहट क्षेत्र नं. ४ क का प्रदेशसभा सदस्यका उमेदवार अखिलेश्वर चौधरी,प्रदेश सभा सदस्य समानुपातिक खस आर्य तर्फकी उमेदवार आरती भण्डारी,नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्य लगायत नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो । २०७९ कार्तिक १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here