रौतहट,१५ कार्तिक । नेपाली काँग्रेसबाट रौतहट क्षेत्रनं ४ को संघिय सांसदका उम्मेदवार देव प्रसाद तिमलसिनाले फेरी एक पटक मतदाताले आफुलाई विजयी गराउने बताएकाछन् । सोमबार चन्द्रपुर ९ मा आयोजित घरदैलो कार्यक्रममा तिमलसिनाले यो क्षेत्रका मतदाताले आफुलाई फेरी एक पटक विजयी गराएर ईतिहास रच्ने बताएका थिए । उनले मतदाताको अपार स्नेह आफुमा रहेको र आफु जनताको सेवक रहेको बताउदै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए । नजरपुर स्थित कृष्ण प्रणामी मन्दिरमा आयोजित एक कार्यक्रममा तिमलसिनाले आफु भुई मान्छेको सेवक भएकाले समेत यस पटक नेपाली काँग्रेसलाई जिताउन आग्रह गरेका थिए । तिमलसिनाको साथमा सत्ता गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार युवराज भट्टराई समिरले पनि आफुलाई हसिया हथौडामा मतदान गर्न आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here