अशोक पहाडी
गौर,१५ कार्तिक ।
रौतहटको क्षेत्रनं १ को (ख ) प्रदेशसभा सदस्यमा कस्ले बाजी मार्ने हो भन्ने बिषयले यतीबेला चर्चा पाएको छ ।
सो क्षेत्रमा नेपाली का“ग्रेसका कृष्ण यादवलाई भावी मुख्यमन्त्रीका रुपमा प्रचार गरिएका कारण समेत सो क्षेत्रको प्रदशसभा तर्फको निर्वाचन चर्चामा रहेको छ ।
सोही क्षेत्रमा जसपाबाट प्रदेशसभा सदस्यका उम्मेदवार तथा मधेश प्रदेश सरकारका कृषि राज्य मन्त्री योगेन्द्र यादवलाई समेत कार्यकर्ताले भावी मुख्यमनत्रीका रुपमा प्रचार प्रसार गर्न थालेपछि यो क्षेत्रले झनै चर्चा पाएको छ ।
नेपाली का“ग्रेस मधेश प्रदेश सभापति समेत रहेका कृष्ण यादवले मधेश प्रदेशमा आफ्नो पार्टीको सरकार बने आफुनै मुख्यमन्त्री हुने बताउदै आएका छन् । सोही अनुसार सो क्षेत्रमा नेपाली का“ग्रेसले भावी मुख्य मन्त्रीका रुपमा उनको प्रचार प्रसार तिब्र पारेको छ ।
यता मधेश प्रदेश सरकारका कृषि राज्य मन्त्री योगेन्द्र यादवले एक कार्यक्रममा आफुलाई यस क्षेत्रका जनताले जिताएर पठाएमा आफुनै मधेश प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए ।
यता नेपाली का“ग्रेसको जिल्ला सचिवको पद त्यागेर एमालेमा प्रवेश गरेका राजेश चौधरीले अन्तिममा नेकपा एमाले र जसपा बिच चुनावी तालमेल भएपनि टिकट पाएनन् । उनलाई प्रदेशसभा सदस्य दिने बाचा सहित एमालेमा प्रवेश गराईएको थियो ।
उनले स्वतन्त्र उम्मेदवारी दिएपछि सो क्षेत्रमा आफुलाई मधेश प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा प्रस्तुत भएका योगेन्द्र र कृष्ण यादवलाई सकस भएको छ ।
व्यापारीक पृष्ठभुमिका चौधरीको स्वतन्त्र उम्मेदवारीले यतीबेला दुबै यादवलाई टाउको दुखाइको बिषय बनेको छ । नेकपा एमाले र जसपा बिच यो क्षेत्रमा पनि चुनावी तालमेल भएको भएपनि प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजय कुमार गुप्ता र योगेन्द्र यादव बिचनै तालमेल हुन नसकेको अवस्था रहेकाले पनि यादवलाई सहज नहुने जानकारहरु बताउछन् ।
नेपाली काँग्रेस छाडेर एमाले हुंदै स्वतन्त्र उम्मेदवारी दिएका कृष्ण यादवका लागि पनि आफ्नै पार्टी छाडेका चौधरी गलपासो भएको सो क्षेत्रका मतदाताको आंकलन रहेको छ । जसपाका योगेन्द्र यादव र का“ग्रेसका कृष्ण यादवका लागि स्वतन्त्र उम्मेदवार रहेका चौधरीले धेरै धक्का पु¥याउने सो क्षेत्रका मतदाताहरुको भनाइ रहेको छ । दुबै यादवलाई टक्कर दिने हिसावले आफ्नो चुनावी अभियान तिब्र रुपमा लगाडी बढेको स्वतन्त्र उम्मेदवार राजेश चौधरीको भनाइ रहेको छ । २०७९ कार्तिक १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।