चन्द्रपुर,१६ कार्तिक ।
रौतहट क्षेत्रनं ४ को क प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार सन्तोष काफ्लेले आफ्नो जित पक्का रहेको बताएकाछन् । आफ्नो जितका लागि नेपाली कांग्रेसका युवा मतदाताको मतनै काफी रहेको उनको भनाइ रहेको छ ।
नेपाली कांग्रेससंग आवद्ध रहेका काफ्ले पछिल्लो केही समय देखी रौतहटमा पत्रकारित समेत गर्दै आएका थिए । उनले आफ्नो जितका लागि युवाहरु परिचालन भएको बताए ।
उनले आफु जत्तिको शसक्त उम्मेदवार अरु नभएको दावी गर्दै आएका छन् । प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका काफ्लले चिम चुनाव चिन्ह् पाएका छन् ।
उनी यतीबेला आफ्नो चुनावी योजनापत्र सहित मतदाताकोमा जाने तयारीमा रहेकाछन् । उनले सोमबार चुनावी योजनापत्र समेत सार्वजनिक गरेकाछन् । रौतहट क्षेत्रनं ४ को (क)प्रदेशसभा सदस्यमा नेकपा एमालेका अखिलेश्वर चौधरी ,नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ र नेकपा माओवादीका युवराज भट्टराई भन्दा यो क्षेत्रको विकासको खाका आफुसंग रहेका कारण मतदाताले आफुलाई जिताउने काफ्लेको दावी रहेको छ ।
आजबाट आफ्नो चुनावी अभियान तिब्र रुपमा अगाडी बढने काफ्लेको भनाइ रहेको छ । काफ्लेले दलका उम्मेदवार भन्दा आफुनै योग्य रहेको दावी गरेकाछन् । २०७९ कार्तिक १६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here