गौर,१७ कार्तिक ।
रौतहट क्षेत्र नंं १ मा नेकपा एमालेको जित सुनिश्चित रहेको क्षेत्र नं. १ क का प्रदेश सभा सदस्य उमेदवार राजकिशोर यादवले बताएका छन । एमालेप्रति जनताको आशा र बिश्वास बढदै गएको कारण आउदो मंसिर ४ गते हुने निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ मा एमालेलाइ जिताउन जनता आतुर रहेको उमेदवार यादबले बताए । उनले आफुले जितेको अबस्थामा आफनो क्षेत्रको बजेटमा कसैले कमिसन खाए वा मागे कलर समातेर कालो मोसो दलेर सजाय दिए आफु सहने बताएतका छन । आफनो क्षेत्रको घरदैलो अभियानलाइ तिब्रता बनाएका यादबले आफु निस्वार्थ भएर समाजको काम गदै आएको हुदा इज्यतको साथ जनताको काम गरेर बस्ने बताएका छन । नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति समेत रहेका यादबले नेकपा एमालेको तर्फबाट रौतहट क्षेत्र नं. १ को क मा प्रदेश सभा सदस्यको लागी उमेदवार दिएका छन । लामो समय देखी समाजसेवा र राजनितिमा सक्रिय यादब सो भेगका चर्चित ब्यक्ती हुन ।
प्रतिनिधि सभा र प्रदेश सभाका लागी मतदान गर्न अब केहि दिन मात्र बाकि रहेकोले मतदाताको मन जित्न स्थानिय गाँउघरमा घरदैलो अभियान लाई तिब्रता प्रदान गरेका रौतहट क्षेत्र नम्बर १ को क का उम्मेदवार राजकिशोर यादवले यो निर्वाचनले विगतको भन्दा फरक रहने दाबी गरेका छन् ।संघियता पछि पहिले भएको निर्वाचनबारे जनता अनभिज्ञ रहेकोले पनि विगतका प्रतिनिधिहरुले जनतालाई अध्यारोमा पारी ठगी गरेको आरोप लगाएका छन् । निर्वाचनको क्रममा उम्मेदवारले झुठो वाचा गरेर पुरा नगर्नु पनि ठगी मुद्धा जस्तै कसुर सरह भएको भन्दै त्यस्तो उम्मेलवारलाई जनताको मतले सजाय पाउने यादवको तर्क रहेको छ । घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभाका उम्मेदवार यादवले आसिन्न निर्वाचनमा सुर्य चिन्हमा मतदान गरी समृद्धिको बाटो रोज्न सम्पूर्ण मतदाताहरुलाई आग्रह गरेका छन् । आफु निर्वाचित भएको खण्डमा आफ्नो माध्यमबाट हुने कुनै पनि क्रियाकलापमा कमिसनको कुरा प्रमाणित भए राजनितिबाटै सन्यास लिने प्रतिबद्धता गरेका छन् ।
निर्वाचन नजिकिदै गएको बेला रौतहट क्षेत्र नम्बर १ को क मा एमाले उम्मेदवार राजकिशोर यादव तर्फ स्थानिय मतदाताहरुको रुचि तिब्रताका साथ वृद्धि भएको स्थानियहरुले बताएका छन् । सो क्षेत्रमा संघिय संसदमा नेकपा एमालेको तर्फबाट गौर नगरपालिकाका पुर्व नगर प्रमुख अजय कुमार गुप्ता उठेका छन ।यस्तै नेकपा एसको तर्फबाट सो क्षेत्रमा माधब नेपालको उमेदवारी रहेको छ ।