रौतहट,१७ कार्तिक । नेकपा एमालेबाट रौतहट क्षेत्रनं ४ को संघिय सांसदको उम्मेदवार रहेका उद्धव रेग्मीले समग्र क्षेत्रको विकासका लागि आफ्नो मक्षमा मतदान गर्न आग्रह गरेका छन् । आज चन्द्रपुर ७ नयाँ बस्तीमा आयोजित घरदैलो कार्यक्रममा मतदातासंग उनले देश विकासका लागि एमालेको पक्षमा मतदान गर्न आग्रह गरेका हुन ।
रौतहट क्षेत्रनं ४ क प्रदेशसभा सदस्यका उम्मेदवार अखिलेश्वर चोधरी सहित नयाँ बस्तिमा भएको घरदैलोमा रेग्मीले विकासका लागि एमालेका पक्षमा मतदान गर्न आग्रह गरेको नेकपा एमाले चन्द्रपुर नगर अध्यक्ष शिव आचार्यले बताए । रेग्मीले रौतहट ४ को दुबै प्रदेशसभा सदस्य सहित आफ्नो जित पक्का रहेको बताएकाछन् । रौतहट क्षेत्रनं ४ को क प्रदेशसभामा अखिलेश्वर चौधरी र ख प्रदेशसभामा फुलबाबु मैदानमा रहेकाछन् । सांसद उम्मेदवार रेग्मीले रौतहट ४ मा एमाले जसपा गठबन्धनको जित पक्का रहेको बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here