चन्द्रपुर,१८ कार्तिक । रौतहट क्षेत्रनं ३ को (क) प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका बदरुदीन अरमान भाईले आज आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेकाछन् । चन्द्रनिगाहपुर पत्रकार भेटघाट गर्दै अरमान भाईले आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन ।
पढनुस अरमानभाईका प्रतिवद्धाता
महान बा–आमाहरुको सेवा सम्मान र सम्भारको व्यवस्था गर्नेछु
क्षेत्रका देव तुल्य जनताको आत्म सम्मानको हमेशा ख्याल राख्छु र राख्नेछु । – जंगल क्षेत्रका गाउँहरू कोठियार मेरा, धौचा सिम्रि, बलुवा, गुटवा र भैसही गाउँहरुलाई बाख्रा गाउ प्रवेश सरकारबाट घोषणा गराउनेछु । – क्षेत्रका गाउँहरु सितलपुर मेवा टेग्रहा, गैरगनिया र सन्तपुर गाउहरुलाई माछा गाउ घोषणा गराउनेछु । – दुधियावा, रागी कटानी, हिमाली पास, पेटभरवा, जन्मलसैया, पोखरीना ए खुसुकपुरलाई दुध गाउ घोषणा गराउनेछु । गर्जा, कनकपुर, लछमीपुर, रंगपुर मनहरवा, परसवा, भवानीपुर, पल्टुल, खतवहीया, दयालपुर अमतावा, बेदैली जयराजपुर, सिमरा जुगौलिया, पिपरा गाउलाई धान गाउ घोषणा गराउनेछु । बिजयपुर, लक्ष्मीनिया, बडहरवा, अकबनवा, फतुवा, हरिहरपुर ईस्लामपुर र बुनीयाद गाउँहरुलाई मकै गाउ घोषणा गराउनेछु ।
भसेडवा, खोर, झौवा, पिपरा, रामदासी, खैरा गाउँहरुलाई तरकारी गाउ घोषणा गराउनेछु ।
– किसानहरुलाई बेलैमा मल र बिज उपलब्ध गराउन हरदम पहलकदमी लिनेछु ।
– सिपमुलक तालिमको व्यवस्था गरी युवासाथीहरुलाई रोजगारीको व्यवस्था मिलाउने छु ।
– समाजमा रहेको सबै खाले विभेद र छुवाछुतको अन्त गर्नेछु रु आधुनिक स्वच्छ हराभरा शहर र बस्ती निर्माण कार्यमा हरदम अगाडी रहनेछु ।
– सबैका लागि गुणस्तरिय शिक्षा र स्वास्थ्यमा सेवा प्रदान गर्नेछु
–कृषिको आधुनिकरण, यान्त्रिकिकरण र व्यवस्थायीकरण गर्नेछु । भुमी सम्बन्धि समस्याको समाधान गर्नेछु ।
सडक, नाला, पुल लगायत भौतिक पुर्वाधार विकास निर्माण
कार्यका योजनाहरु द्रत गतिमा संचालन गर्नेछु । पूर्ण समानुपातिक समावेशी नेतृत्व कायम गराउनेछु ।
–सिचाई नपुगेका खेतहरुमा कृषि बिजुली मिटरको व्यवस्था गराउनेछु । गाउ–गाउमा सामाजिक सद्भाव सहित सामाजिक न्याय कायम गराउनेछु ।
अन्नदाता किसानहरुलाई वार्षिक पुरस्कार सहित सम्मान गर्नेछु । मिटर ब्याजी लगायत सबैखाले शोषण दमन र अत्याचारको विरुद्ध लडि रहनेछु ।
जनता आवास कार्यक्रम प्रभावकारी रूपमा क्षेत्रमा कार्यान्वयन गर्ने चराउनेछु । आर्थिक सामाजिक रुपान्तरण र समृद्धिका लागि हरदम प्रमुख भुमिकामा रहनेछु । रु प्रदेशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउदै समाजवादको बाटोमा अगाडी बढनेछु ।