चन्द्रपुर,१९ कार्तिक ।
रौतहट क्षेत्र नम्बर ४ क को लागी नेकपा एमालेका प्रदेश सभा सदस्य उमेदवार अखिलेश्वर चौधरीले बिकाश र सम्बृद्धिको लागी सुर्य चिन्हमा भोट दिन मतदाताहरुलाइ आग्रह गरेका छन ।
देशको बिकाश नेकपा एमालेबाट मात्रै सम्भब रहेको बिगतको सरकारबाट देखिसकेकोले आउदो मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको सुर्य चिन्हमा आफनो अमुल्य मत दिन उनले आग्रह गरेका हुन । चन्द्रपुर नगरपालिका वाड नं. ८ सन्तपुरमा घरदैलो कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य उमेदवार चौधरीले आफु निर्वाचित भइसकेपछि निस्वार्थ भएर काम गरेर देखाउने बताए ।
यस क्षेत्रको बिकाशको लागी नेकपा एमालेको जित अनिवार्य रहेको र यो कुरा आम मतदाताहरुले बुझिसकेको समेत उमेदवार चौधरीको धारणा थियो । नेकपा एमाले प्रति आम नागरिकको विश्वास रहेको र सो विश्वास आफुले गुम्न नदिने समेत उनले बताए ।
चौधरीले अहिले घरदैलो अभियानलाइ तिब्रता दिएका छन । घरदैलो कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटिकी उप सचिब तथा प्रदेश सभा सदस्यको समानुपातिक उमेदवार आरती भण्डारी,नेकपा एमाले चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव आचार्य लगायत बिभिन्न कमिटिका पदाधिकारीहरुका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
रौतहट क्षेत्र नम्बर ४ मा नेकपा एमालेको तर्फबाट उद्धब रेग्मी उठेका छन । सर्वप्रियको रुपमा परिचित रेग्मीले शुक्रबार चन्द्रपुरको वाड नंं ८ र दिउसो क्षेत्र नम्बर ४ को ख मा घरदैलो कार्यक्रम गरिरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here