गुजरा, २१ कार्तिक । रौतहट क्षेत्रनं ३ को (क) प्रदेशसभा सदस्यका उम्मेदवार बदरुदीन अरमानभाईको पक्षमा जनलहर बढदै जान थालेको छ । मंसिर ४ नजिकदै जाँदा स्वतन्त्र उम्मेदवार अरमान भाईको पक्षमा स्थानीयको सक्रियता बढदै जान थालेको छ । उनले सार्वजनिक गरेको प्रतिवद्धापत्रले क्षेत्रका किसानमा खुशि छाएको अरमान भाईको भनाइ रहेको छ । उनले आफुले चुनाव जिते आफ्नो क्षत्रका किसानको समस्या हल गर्ने प्रतिवद्धतापत्र सार्वजनिक गरेका थिए । युवा उम्मेदवार अरमान भाईले मंसिर ४ नजिकदै जाँदा आफ्नो पक्षमा मतदाताको सक्रियता बढदै गएको बताएकाछन् । दलका नेता तथा उम्मेदवार क्षेत्रका समस्यामा कुनै पहल नगरेका कारण समेत आफ्नो पक्षमा जनलहर बढ्दै जान थालेको उनको भनाइ रहेको छ ।