कटहरिया,२३ कार्तिक ।
नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति तथा रौतहट क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्य उमेदवार जितेन्द्र यादबले मंगलबार बिशाल जनलहर सहित रौतहटको कर्कच कर्मैैयामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।
सो क्षेत्रका प्रतिनिधि सभा सदस्य स्वतन्त्र उमेदवार ओम प्रकाश जयसवाल सहितको टोलीले मंगलबार देवाही गुनाही नगरपालिका अन्र्तरगत कर्कच कर्मैया गाउको घरदैलो गरेका हुन ।
घरदैलो समापन पछि कोण सभामा बोल्दै कांग्रेस जिल्ला सभापति यादबले बिकाशको नाममा भ्रष्टचार गर्ने उमेदवारलाइ यो निर्वाचनबाट पाखा लगाउनु पर्ने बताए । जबरजस्ती बिचार लादने नेताको कारण यस क्षेत्रको बिकाश हुन नसकेको उनको भनाइ रहेको थियो । आउदो मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्य उमेदवार ओम प्रकाश जयसवाल र प्रदेश सभा ख मा म आफुलाइ र क मा नेकपा एसका उमेदवार नागेन्द्र यादबलाइ आफनो अमुल्य मतदान गर्न उनले सम्पुर्ण मतदाताहरुलाइ आग्रह गरे । यस्तै प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उमेदवार ओम प्रकाश जयसवालले आफुले जितेपछि निस्वार्थ भएर समाजको बिकाशको लागी काम गर्ने बताएका छन ।
उक्त कोण सभामा नेपाली कांग्रेसका पुराना नेता,नेकपा एसका नेताहरु,माओबादीका नेताहरुको सक्रिय सहभागिता रहेको थियो । मंगलबार क्षेत्र नम्बर ३ क का सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका नेता एवं मधेस प्रदेश सरकारका उधोग,पर्यटन तथा वन राज्य मन्त्री नागेन्द्र यादवले मंगलबार गुजरा नगरपालिकाको सिम्री क्षेत्रको घरदैलो गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here