चन्द्रपुर,२४ कार्तिक । रौतहट क्षेत्रनं ४ को (क) प्रदेशसभा सदस्यका उम्मेदवार युवराज भट्टराईले आफ्नो जित पक्का रहेको बताएकाछन् । नेकपा माओवादीका नेता भट्टराई यतीबेला घरदैलोमा व्यस्त रहेकाछन् । उनले आफ्नो पक्षमा मतदाता रहेको र गठबन्धनको भोटका कारण आफ्नो जित पक्का रहेको दावी गर्दै आएकाछन् । सत्ता गठबन्धन तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका भट्टराईले आफ्नो जितका लागि यतीबेला क्षेत्रभरीका मतदाताकोमा पुग्दा आफ्नो पक्षमा व्यापक जनहर रहेको पाएको बताएकाछन् ।