चन्द्रपुर,२४ कार्तिक । नेकपा एमाले रौतहट क्षेत्रनं ४ को (क) प्रदेशसभा सदस्यका उम्मेदवार अखिलेश्वर चौधरीले समग्र आफ्नो चुनावी क्षेत्रको विकास यहाँ हुने भ्रष्टाचार निर्मुलका लागि आफुलाई मतदान गर्न आग्रह गरेका छन् । उनले रौतहट जिल्लाका बिभिन्न निकायमा हुने आर्थिक अनियमिता र भ्रष्टाचार नियन्त्रणका लागि आफुले पहल गर्ने बताएकाछन् । उनले आज चन्द्रपुर नगरपालिकाको वडानं १ मा आयोजित घरदैलो कार्यक्रममा मतदातासंग उनले आफुलाई प्रदेशसभा सदस्यमा जिताएर पठाउनका लागि आग्रह गरेका थिए ।
चौधरीले आफुले जितेर र्गपछि मधेश प्रदेशमा हुने चरम अनियमिता रोक्ने आफ्नो पहिलो प्राथमिता रहेको बताएका थिए । उनले नेकपा एमालेले मात्र देश विकास गर्न सक्ने भएकाले सुर्य चिन्ह्मा मतदान गर्न आग्रह गरेका थिए । चौधरीले आफ्नो क्षेत्रको समग्र विकास ,बेथिति अन्त्य र शिक्षाको गुणस्तर विकासका लागि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here