चन्द्रपुर,२६ कार्तिक ।
रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य स्वतन्त्र उमेदवार अजय कुमार साहले घरदैलोबाट मै जनताको सहानुभुति अत्यधिक पाएको बताएका छन । घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाइ निरन्तरता दिइरहेको साहले जनताको अदभुत मायाले हौसला बताएको बताए । जनता जर्नादन हुन,जनता कसैको प्यओ हैन त्यसैले गर्दा पनि जनताले देखाएको सहानुभुतीले अगाडी बढने प्रेणा मिलेको उमेदवारको भनाइ रहेको छ । शुक्रबार स्वतन्त्र उमेदवार साहले क्षेत्र नम्बर ४ को ख क्षेत्रमा पर्ने मलाहीटोल,सुन्दरपुर लगायतका टोलहरुका मतदाताहरु संग भेटघाट गरेका थिए । लामो समयदेखी नेपाली कांग्रेसमा रहेर राजनिति गरेका साहले यस पटक भने स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यको लागी उमेदवारी दिएका हुन । समाजिक कार्यमा पनि उतिकै सक्रिय साहले सबै काम आट र हिम्मतबाट नै हुने बताए । शनिबार गैडाटार सन्तपुर तथा बसन्तपुरका मतदाताहरु संग भेटने कार्यक्रम रहेको जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here