चन्द्रपुर,२७ कार्तिक ।
रौतहट क्षेत्रनं ४ को (क) प्रदेशसभा सदस्यमा त्रिपक्षिय भिडन्त हुने भएको छ । चन्द्रपुर नगरपालिका र बृन्दावन नगरपालिकाको ३ वटा वडा रहेको यस क्षेत्रमा नेकपा एमालेका अखिलेश्वर चौधरी ,एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ र माओवादी केन्द्रका युवराज भट्टराई बिच कडा प्रतिष्पर्दा हुने भएको हो । गएको स्थानीय तहको निर्वाचनमा आएको मतलाई आधर मानेर उम्मेदवारहरु यतीबेला चुनावी मैदानमा हामिएका छन् । तीनै जना उम्मेदवार आफ्नो जितको दावी गर्दे आएकाछन् । गएको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले चन्द्रपुर नगरको ३ वटा वडा जितेको र त्यसकै आधारमा गठबन्धनको साथ रहेकाले आफ्नो जित पक्का रहेको माओवादीका उम्मेदवार भट्टराईको भनाइ रहेको छ । नेकपा एमालेका उम्मेदवार अखिलेश्वर चौधरीले थारु समुदाय र मधेशी समुदाय अनि आफ्नो पार्टीले स्थानीय तहमा ल्याएको मतका आधारमा आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताउदै आएकाछन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण श्रेष्ठले आफु युवा रहेको र युवाको मत आफ्नो पक्षमा पार्ने हिसावले आफु मैदानमा रहेको र आफ्नो जित पक्का रहेको बताउदै आएकाछन् । गएको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले चन्द्रपुर नगरपालिकामा पाएको मत र बृन्दावन नगरपालिकाको ३ वटा वडामा आएको मत अनि युवाको साथ रहेकाले आफ्नो जितलाई नकार्न नसकिने श्रेष्ठको भनाइ रहेको छ । तीनै जना उम्मेदवार पछिल्लो समय आ आफ्नो जितका लागि सबै अस्त्र प्रयोगमा लागेकाछन् । नेकपा माओवादीका भट्टराईले आफ्नो सिधा सम्पर्क पार्टीको माथिल्लो निकायसंग रहेको र आफुले चुनाव जितेमा यो क्षेत्रको विकासका योजना बढाउने भन्दै मतदाताको गुग्ने गरेकाछन् । नेकपा एमालेका उम्मेदवार चौधरीले आफुले चुनाव जितेमा यो प्रदेशमा हुने आर्थिक अनियमितालाई निर्मुल पर्ने र एमालेको प्रदेशमा सरकार बने आफुले क्षेत्रको शिक्षा ,र खेलकुदको विकासमा महत्वपुर्ण योगदान पु¥याउने भन्दै क्षेत्रका मतदाताको घरमा पुगेका छन् ।
एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले आफुले जितेमा यस क्षेत्रका युवाको विकास ,रोजगारी श्रृजनाका कुरालाई प्रथमिकतामा राखेर घरदैलो अभियानलाई तिब्र पारेकाछन् ।
चन्द्रपुर नगरक्षेत्रमा पछिल्लो समय सांडे १२ हजार थारु समुदायको मत रहेको र त्यसको आधा मत आफ्नो पक्षमा आंउदामा गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ल्याएको मत जोडदा आफ्नो जित पक्का रहेको एमालेका उम्मेदवार चौधरीको दावी रहेको छ ।
माओवादीका उम्मेदवार भट्टराई पनि स्थानीय तहमा आफ्नो पार्टीले ल्याएको मत र सत्ता गठबन्धनको मतलाई जोडेर आफु जितको नजिक रहेकोमा विस्वस्त रहेकाछन् ।
एमाले र माओवादीका उम्मेदवारको बिचबाट आफ्नो जित निकाल्नका लागि एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ जोड तोडका साथ लागेको सो पार्टीका नेता बाबुराम दाहालले बताए ।
यो क्षेत्रमा स्वतन्त्र उठेका स्थानीय पत्रकार सन्तोष काफ्ले समेत आफ्नो पक्षमा मत माग्दै घरदैलोमा पुगेकाछन् । उनले पनि आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here