चन्द्रपुर,३० कार्तिक ।
समाजिक अभियन्ता तथा नेकपा एमालेका नेता मंगलबार एमालेको प्रचार प्रसार अभियानमा रौतहट आइपुगेका छन । गौतमले मंगलबार बिहानै देखि रौतहट क्षेत्र नम्बर ४ को चन्द्रपुर नगरपालिका वाड नं. ४ को प्रचार प्रसारमा हिडेका थिए । घरदैलो कार्यक्रम पश्चात चन्द्रनिगाहपुरमा आयोजित कोण सभामा गौतमले रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उमेदवार उद्धब प्रसाद रेग्मी,प्रदेश सभा सदस्य उमेदवार अखिलेश्वर चौधरी,प्रतिनिधि सभा सदस्य समानुपातिक उमेदवार बिना साह,प्रदेश सभा समानुपातिक उमेदवार आरती भण्डारीलाइ आफनो अमुल्य मत दिएर जिताउन आग्रह गरे ।
गठबधन्नको नाममा देश मात्रै लुटने काम भइरहेको बताउदै गौतमले आउदो निर्वाचनमा नेकपा एमालेको चुनाब चिन्ह सुर्य चिन्हमा मतदान गरेर नेकपा एमालेलाइ जिताउन आग्रह गरे । देश एमालेमय भइसकेको अबस्थामा गठबन्धनका नेताहरुले निर्वाचनमा हरेक किसिमका हत्कण्ड अपनाउन सक्ने भएको हुदा त्यसबाट सचेत रहन उनले आग्रह गरे ।
यसैगरी प्रतिनिधि सभा सदस्य उमेदवार उद्धब प्रसाद रेग्मीले गाउँको आवाज सिंहदरबारसम्म पुर्याउन, प्रत्येक नगरमा सुविधा सम्पन्न नगर अस्पतालको स्थापना गर्न,क्षेत्र नम्बर ४ लाई शैक्षिक हव बनाउँदै गुणस्तरीय, प्राविधिक शिक्षाको विकास गर्न आफनो उमेदवारी रहेको बताएका छन ।
उक्त घरदैलोमा वाड नम्बर ४ का मतदाताहरुको बाक्लो उपस्थीती रहेको थियो । मंगलबार नेताहरुको टोलीले ठाडाटोल,कपतानटो,टेकान मुख्य चोक लागयतको घरदैलो गरेको थियो ।