रौतहट,४ मंसिर । रौतहटमा केही स्थानमा समान्य बिवाद बाहेक शान्तिपुर्ण रुपमा मतदान भएको छ । रौतहटमा अहिले सम्म कति प्रतिसत मत खस्यो भन्ने कुरा केही बेरमा आउने जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । आज दिउसो गरुडा र गुजरा नगरपालिकामा प्रहरीले ३ राउण्ड हवाई फायर गरेर मतदान सुचारु गरेको थियो । त्यो बाहेक रौतहटमा मतदान शान्ति पुर्णरुपमा भएको छ ।