रौतहट,५ मंसिर । रौतहटको गुजरा नगरपालिकाकी पुर्व उप मेयर रोषना खातुनको घरमा तोडफोड लुटपाट भएको छ । हिजो बेलुका समान्य बिवाद हुदा उनको घरमा लुटपाट र तोडफोड भएको हो । पुर्व उप मेयर खातुनका श्रीमान बदरुदिन अरमानभाई रौतहट क्षेत्रनं ३ को क प्रदेशसभाका स्वतन्त्र उम्मेदवार हुन । उनीहरुको घरमा हिजो साँझ तोडफोड र लुटपाट हुन थालेपछि स्थितीलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले १३ राउण्ड हवाई फायर गरेको थियो । लुटपाट र तोडमा संलग्न वाजिद अलि ,शेख मोदसिर नजर ,शेख जफिर आलम, शेख मोजमिल र शेख मोहसिन बिरुद्ध स्वतन्त्र उम्मेदवार अरमान भाईले प्रहरीमा किटानी जाहेरी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here