रौतहट,५ मंसिर । रौतहटको ४ वटै निर्वाचन क्षेत्रको मतगणना दिउँसोबाट सुरु हुने भएको छ । रौतहट क्षेत्रनं ४ को सर्वदलिय बैठकाबाट दिउसो साँडे १२ बजेबाट मतगणना हुने निर्णय भएको छ । रौतहट क्षेत्रनं १ मा अहिले सर्वदलिय बैठक बस्दै छ । सो क्षेत्रमा समेत दिउसोबाट मतगणना हुने भएको छ । रौतहट क्षेत्रनं २ र ३ मा समेत सर्वदलिय बैठक बस्ने तयारी हुदै छ । रौतहटका ४ वटै निर्वाचन क्षेत्रमा दिउसो १२ बजेपछि मात्र मतगणना सुरु हुने आाकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here