रौतहट,६ मंसिर । रौतहट क्षेत्रनं २ मा नेपाली काँग्रेसका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार किरण साह अगाडि रहेकाछन् । सो क्षेत्रमा नेपाली काँग्रेसका फिरदोस आलम भन्दा साह अगाडि रहेकाछन् । मंगलबार साँझ सम्म रौतहट २ मा साह अगाडि रहेका हुन । नेपाली काँग्रेसका मोहमद आफताव आलमका छोरा फिरदोस आलम भन्दा किरण साहले धेरै मतका साथ अगाडि लागेका हुन । साहले आफ्नो चुनाव चिन्ह चापाकलमा ५९४१ मत ल्याउदा नेपाली काँग्रेसका आलमले ४९८० मतका साथ साहलाई पक्षयाई रहेका छन् । सो क्षेत्रमा लामो समय आफ्ताव आलमको परिवार चुनाव जित्दै आएको थियो । नेकपा एमालेका स्थानीय नेता समेत रहेका किरण साहले रौतहट २ मा नेकपा एमाले र जसपा बिच चुनावी तालमेल भएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here