चन्द्रपुर,९ मंसिर ।
रौतहट क्षेत्रनं ४ बाट पराजित भएका नेकपा एमालेका उम्मेदवार उद्धव रेग्मीले आफुलाई मतदान गर्ने सम्पुर्ण मतदातालाई धन्यवाद दिएकाछन् । बिहिबार मतगणनाको अन्तिम परिणाम आएपछि रेग्मीले आफ्नो फेसवुक मार्फत आफुलाई मतदान गर्ने मतदाता र आफ्नो पक्षमा खट्ने कार्यकर्तालाई धन्यवाद दिएका हुन । रेग्मीले मतगणना स्थालमा गएर रौतहट क्षेत्रनं ४ बाट संघिय सांसदमा विजयी भएका देव प्रसाद तिमलसिनालाई बधाई समेत दिएका थिए । तिमिल्सिनाको पक्षमा ३४ हजार १ सय ६१ मत आएको थियो । उनले निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार उद्धवप्रसाद रेग्मीलाई ७ हजार ६ सय २ मतले पराजित गरेका हुन् । रेग्मीले २६ हजार ५ सय ५९ मत प्राप्त गरेका थिए ।यस्तै रौतहट क्षेत्रनं ४ को (क) प्रदेशसभा सदस्यका उम्मेदवार अखिलेश्वर चौधरीले पनि आफ्नो पक्षमा मतदान गर्ने मतदातालाई धन्यवाद दिएका छन् । चौधरीले चुनावी नतिजा आफ्नो पक्षमा नआएपनि आफु सदैव समाजको हितमा लाग्ने बताउदै आफ्नो पक्षमा मतदानगर्नेलाई धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here