चन्द्रपुर,११ मंसिर ।
नव विकास बचत तथा ऋण सहकारी संस्था चन्द्रनिगाहपुरले रक्तदान कार्यक्रम गरेको छ ।
सनिबार संस्थाले चन्द्रनिगाहपुर स्थित मेन रोडमा रक्तदान कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष वेद बहादुर सापकोटाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा रौतहट बचत की अध्यक्ष देवकी नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । रक्तदान कार्यक्रमको उदघाटन समारोहमा चन्द्रपुर नगरपालिका वडानं ६ का वडा अध्यक्ष सहदेव केसी ,वडानं ५ का वडा अध्यक्ष निलहरी कोईराला ,चन्द्रपुर नगरपालिकाको सहकारी शाखा प्रमुख नसरे आलम ,स्वस्तीक सहकारीका अध्यक्ष नरेन्द्र राना लगाएको आतिथ्यता रहेको थियो । सो रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको सो सहकारी संस्थाका कार्यालय प्रमुख यज्ञ प्रसांईले जानकारी दिएका छन् । नव विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औ बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको कायोजना गरेको सो संस्थाका संचालक राजेन्द्र तिवारीले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here