बृन्दावन,२० मंसिर ।
रौतहटको वन पछिल्लो समय चोरी तस्करी बढ्दै गएको छ । जिल्लो बृन्दावन सव डिभिजन वन कार्यालय अन्तरगतको वनमा चोरी तस्करी बढ्दै गएको स्थानियहरु बताउँछन् ।
सो वन कार्यालमा कार्यरत वन कर्मचारी जमदार जगदिस हजरा र वनरक्षक किसन साहको मिलोमतोमा व्यापक चोरी तस्करी हुने गरेको स्थानियले बताएका छन् ।
तस्कर समुहलाई आर्थिक प्रलोभनमा ती दुबै वन कर्मचारीले नै लाइन मिलाउने गरेको स्थानिले आरोप लगाएका छन् । सो वनमा गत दुई हप्ताको अवधिमा २७ वटा सखुवाको रुख काटेर तस्कर समुहले लगेको समाचार स्रोतले जनाएका छन् । वनमा तस्करले समहु बनाएर रातीको समयमा सखुको गुलीया चोरी तस्करी गर्ने गरेको स्थानियको भनाई छ ।
यस अघि सो वन कार्यालयमा कार्यतर फरेष्टर विमल चौधरी हुँदा चोरी तस्करी न्युन रहेको र हाल जमदार हजरा आएपछि सो वन क्षेत्रमा तस्करी बढेको स्थानिय वासिन्दाको भनाई रहेको छ ।
पहिला पहिला टायर गाडा ,ट्रेक्टर ,साईकल ,जिपमा हुने गरेको काठको चोरी तस्करी पछिल्लो समय मोटर साईकलमा हुने गरेको छ ।
सो वन कार्यालय क्षेत्रमा भइरहेको चारी तस्करी तत्काल रोक्न स्थानियले माग गरेका हुन् ।
तस्करले बलेरीको वनबाट चोरी तस्करी गरेको काठ सर्लाही पु¥याउने गरेको छ । यस बिषयमा बुझन बृन्दावन सव डिभिजन वन कार्यालयमा कार्यरत वन कर्मचारी जमदार जगदिस हजरा र वनरक्षक किसन साह संग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
यता चेतनगर वनबाट समेत तिब्र रुपमा काठ तस्करी भइरहेको स्थानियको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here