गौर,२८ मंसिर ।
रौतहटको बिभिन्न खुल्ला नाकाबाट पछिल्लो समय नुनदेखी सुन सम्मको तस्करी मौलाएको छ । स्थानीयका अनुसार रौतहटका बिभिन्न छोटी भन्सारबाट बिभिन्न समान भन्सार छलेर प्रहरीकै सेटिङमा रौतहट भित्रने गरेको छ । पछिल्लो समय सरकारले किसानका लागि चाहिने प्रयाप्त मलखाद्य उपलब्ध नगराएपछि रौतहटका केही ठुला व्यापारीनै मलखाद्य तस्करीमा सक्रिय रहेको समाचार स्रोतले बताएको छ । रौतहटका केही पुराना कुख्यात तस्करले पछिल्लो समय भारतबाट रौतहट प्रहरी र भारतीय सुरक्षाबलका केही कर्मचारीको मिलेमतोमा रौतहटको बिभिन्न नाकाबाट भित्राएको मलखाद्य देशका बिभिन्न स्थानमा पु¥याउने गरेको जानकारहरुको भनाइ रहेको छ । रौतहटको बिभिन्न नाकाबाट मलखाद्य ल्याउने काममा गौरका केही गरुडाका केही र चन्द्रनिगाहपुरका एकजना व्यापारी रहेको समाचार स्रोतले तराई एक्सप्रेसलाई जानकारी दिएको छ । मलाखाद्य अभावमा रहेका रौतहटका किसानको समस्या देखाउदै रौतहटका प्रहरीको मिलेमतोमा नेपाल छिर्ने मलखाद्य देशका बिभिन्न पहाडी क्षेत्र सम्म पुग्ने गरेको छ । रौतहटका किसान यतीबेला गंहुमा छर्ने मलखाद्य नपाएर छटपटाएको बहानामा जिल्लामा छिर्ने मलाद्याद पहाडी जिल्लामा पुग्ने गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा अहिले मलखाद्य नेपाल भित्राउने गिरोहले भारतीय चालम समेत नेपाल भित्राएर नेपाली बोरामा प्याकिङ गरेर देशका बिभिन्न स्थान सम्म पु¥याउने गरेको स्रोतले तराई एक्सप्रेसलाई जानकारी दिएको छ । रौतहटका बिभिन्न खुल्ला नाका भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीका घुमुवाको सेटिङमा मलखाद्य लगाएतका समान सहजै रुपमा नेपाल भित्रने गरेको समाचार तराई एक्सप्रेस दैनिकले पटक पटक प्रकाशन गर्दै आएको छ । २०७९ मंसिर २८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।