तनहुं,२९ मंसिर । तनहुंमा श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार बुधबार सांझ ९ः३० बजे पोखरा महानगरपालिकाको सिसुवा स्थायी घर भई हाल जिल्ला तनहु शुक्लागण्डकी नगरपालिका ४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मन बहादुर नेपालीलाई श्रीमतीले ढुांले टाउकोमा हानी हत्या गरेकी हुन् ।
३६ वर्षीय श्रीमती सुशीला बिकले मादक पदार्थ सेवन गरी घरायसी कुराहरुमा विवाद हुदा ढुांले श्रीमानको टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएकोमा उनको उपचारको क्रममा ११ बजे जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र तनहुँमा मृत्यु भएको हो । घटनामा संलग्न सुशीला बिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here