रौतहट,५ पुस । रौतहटको मौलापुर नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहको कारण चरम लापरबाही देखिएको छ । विकाश निर्माण कार्यको लागि उपभोक्ता समिति मनोमानी तरिकाले बनाइएको र त्यसैलाई सदर गरि रहेको पाईएको छ ।
उपभोक्ता समितिको सुचना स्थानीय सञ्चार माध्यममा प्रकासन प्रसारण समेत न गरि गोप्य तरिकाले आफ्न्त र नाता गोता,पार्टीको कार्यकार्ता लगायतका व्यक्ति राखी बनाएको देखिएको छ। जसमा हाकिम साहको संलग्नता देखिएको पाईएको छ । आयोजनामा प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको आम भेलामा अधिक्तम सहभागीता सम्बन्धि आयोजना स्थलमा नै ७ देखि ११ जना सदस्यीय उपभोक्ता समिति गठन गरेको , समिति गठनको लागि ७ दिन अगाडि सार्वजनिक रूपमा सञ्चार माध्यमद्वारा सुचना प्रसारण गराई कानुनी व्यवस्था न गरि जनप्रतिनिधिहरु आफनो खुशि गठन गरि रहेको पाईएको छ ।
त्यसको हाकिम साह भ्रष्टाचार गर्ने नियतले सदर गरि रहेको छ ।
नि. प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहको संलग्नतामा उपभोक्ता समितिको सुचना प्रकाशन वा प्रसारण न गरी गोप्य रूपमा आफ्नत , नातेदार वा पार्टीको कार्यकर्ता राखि बनाईएका छन् । मौलापुरमा कुनै विकाश निर्माणको कार्य गरिरहेका आफ्ना नजिकको व्यक्ति, आफ्न्त र आसेपासेहरूको राखि , उपभोक्ता समिति बनाई भ्रष्टाचार गरिरहेको स्थानीयहरूले बताएका छन। हाकिम साहको संलग्नतामा गोप्य ढंगबाट उपभोक्ता समिति निर्माण गरि रहेको स्थानीयहरूले बताए। यस विषयमा हाकिम रामबाबु साह सँग सम्पर्क गर्न खोज्दा मोबाईल अफ बताएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here