चन्द्रपुर,६ पुस ।
रौतहटको चन्द्रपुर ७ स्थित बनबहुअरीमा तीन करोडको लागतमा बनेको बृद्धा आश्रम यतीबेला वेवारिसे अवस्था रहेको छ । सघन सहरी विकासले तीन करोड खर्च गरेर सो स्थानमा बनाएको बृद्धा आश्रम बिगत एक महिना पहिला दखी वेवारिसे अवस्थामा रहेको छ ।
नियम बिपरित डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको खाली जग्गामा बनेको सुभिदा सम्पन्न सो बृद्धा आश्रम भवन संचलनमा ल्याउनु पर्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ । एक बर्ष देखी थन्केर बसेको सो भवन तत्काल संचालनमा ल्याउनुपर्नेमा स्थानीय बासिन्दाले जोड दिएकाछन् । चन्द्रपुर नगरपालिकाका सबै जनप्रतिनिधिले अनुगमन समेत गरेको सो भवन खेलकुद एकेडेमीका लागि नगरपालिकाले संचालनमा ल्याउनुपर्ने नेपाल फुटबल संघ मधेश प्रदेश समितिका अध्यक्ष नेपाल कार्कीले तराई एक्सप्रेसलाई बताए ।
बृद्धा आश्रम संचालनका लागि अपायक पर्ने भएका कारण नगरपालिकाले सो भवन अन्य गतिबिधिमा भएपनि संचालनमा ल्याउनुपर्ने बनबहुअरीका स्थानीय बासिन्दा नवराज कोईरालाको भनाइ रहेको छ । करोडौको लागतमा बनेको सो धवन एक बर्ष देखी खाली रहेको छ । स्थानीयका अनुसार ७ नम्बर वडामा रहेका सरकारी कार्यालयहरु सोही भवनबाट संचालन गर्न सकिने अवस्था रहेका कारण वडा कार्यालय ,स्वास्थ्य चौकी ,प्रहरी चौकी लगाएतका सरकारी कार्यालयहरु सो स्थानबाट संचालन गर्नका लागि सम्बन्धीत निकायले पहल गर्नुपर्ने स्थानीयको भनाइ रहेको छ । जंगलको छेउमा रहेको दुई तले भवन ,भन्सा कोठा ,पाले रुम लगाएका सुभिदा रहेको बृद्धा आश्रमलाई तत्काल संचालन गर्नुपर्नेमा स्थानीयले जोड दिदै आएका छन् । भवन संचालनमा नआएका कारण भवनको कम्पाउण्ड यतीबेला स्थानीयको बाख्रा चराउने थलोका रुपमा परिणत हुंदै आएको छ ।
चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेले आफुहरुले अवको कार्यपालिका बैठक गरेर सो भवनलाई कसरी संचालनमा ल्याउने भन्ने बिषयमा छलफल गरेर निष्र्कषमा पुग्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here