चन्द्रपुर,१५ पुस ।प्रभु साहले गठन गरेको आम जनता पार्टीमा रौतहट २ मा स्वतन्त्र चुनाव जितेका किरण साह गएनन् । पार्टीको बिस्तारित बैठकमा किरण साह नआएको आम जनता पार्टीका नेता बालकृष्ण सापकोटाले जानकारी दिएकाछन् । प्रभु साहले किरण साह र सर्लाहीबाट स्वतन्त्र चुनाव जितेका अमरेश कुमार सिंह समेत आफ्नै साथमा रहेको बताउदै आएका थिए । पार्टीको बैठकमा साह र सिंह देखा परेका थिएनन् । किरण साह नेकपा एमालेमै जाने अनुमान गरिएको छ । नेकपा एमालेमा गए ढिला छिटो आफुले मन्त्री पद पाँउने र प्रभु साहसंग बसे त्यो नपाउने भएका कारण किरण साह पार्टीको बिस्तारित बैठकमा देखा नपरेको जानकारहरुको भनाइ रहेको छ । रौतहट क्षेत्रनं २ बाट स्वतन्त्र चुनाव जितेका किरण साह नेकपा एमाले प्रवेसको तयारीमा रहेको समाचारस्रोतले बताएको छ ।