चन्द्रपुर,१५ पुस ।
मेचि महांकाली बुहारी संयुक्त आवाजले असाहायका लागि सिरक वितरण गरेको छ । चन्द्रपुर नगरपालिकाको वडानं ७ र ८ का ३५ जना असाहाय तथा अपाङगका लागि ३५ थान सिरक वितरण गरिएको हो ।
मेचि महांकाली बुहारी संयुक्त आवाज मधेश प्रदेशकी अध्यक्ष पुजा पाठक तिमलसिनाले उनीहरुलाई घर घरमा गएर सिरक वितरण गरेकी थिईन् ।
तराईमा बढदो चिसोका कारण गरिव ,विपन्न तथा असाहायको जिवन स्तर कष्टकर बन्दै गएपछि आफुहरुले उनीहरुलाई राहत होस भन्नका लागि सिरक वितरण गरेको तिमलसिनाले जानकारी तराई एक्सप्रेसलाई दिएकी छिन् ।
मेचि महांकाली बुहारी संयुक्त आवाजले रौतहट जिल्लामा बिभिन्न खालका रचनात्मक काम गर्दै आएको छ । सो संस्थाले महिला हिंसाका बिरुद्ध समेत आवाज उठाउदै आएको छ ।
पछिल्लो समय रौतहट सहित तराईका जिल्लामा चलेको शितलर र बाक्लो हुस्सुका कारण आम सर्वसाधारण जनजिवन प्रभावित बन्दै गएको छ । २०७९ पुस १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here