चन्द्रपुर,१७ पुस ।
गत पौष ९ गते सम्पन्न चन्द्रपुर–४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि.को १४औ बार्षिक साधारणसभा बाट बसन्त आचार्य निर्बिरोध निर्बाचित भएका छन । उनी यश अगाडि उक्त संस्थाको २ कार्यकाल उपाध्यक्ष भएर आफुले पाएको जिम्मेवारी सफलता पुर्वक निर्बाह गरिसकेका छ्न । उनको परिचय यसैमा मात्र सिमित छैन । उनी अन्य समाजिक कार्यमा समेत सक्रिय रहँदै आएकाछन् । चन्द्रपुर अस्पतालमा आउने बिरामीको लागि रगत उपलब्ध गराउने मुख्य भुमिका निभाउन होस चाहे अन्य अस्पतालमा आउने बिरामीको लागि वा काठमाडौ,भरतपुरका अस्पतालमा जाने बिरामीको लागि ऊनी सँग सम्पर्क भएका बिरामीको आफन्तले रगत उपलब्ध गराइदिनु हुन अनुरोध गरेमा कुनै समयको प्रबाह नगरी संम्बंधित रेडक्रसमा भनेर उपलब्ध गराउन अहम् भुमिकामा सकृय रुपमा मानबिय सेवामा लाग्ने ब्यक्तिको रुपमा पनि उनको नाम चिरपरिचित रहेको छ । स्थानीय अस्पतालमा बिरामीको लागि रगत उपलब्ध गराउने क्रममा पहिलो कोरोना कालको समयको पल उनको स्मरणमा सधैं अविस्मरणीय रहन्छ । जुन समय मान्छे हरु घरबाट बाहिर निस्कन समेत कुनै युद्धमा निस्कन जतिकै गारो त्राही हुनेबेला,बाटोमा कोहि ब्यक्ती देखिनु भनेको यो समाजमा मान्छे हरुको पनि बस्ती रहेछ भन्ने लाग्दथियो र भन्नेबेलामा वा मान्छेहरु घरबाट निस्केपनी प्रशासनले कार्वाही समेत गर्ने बेलामा अस्पताल सम्म रक्तदाता लाई पुर्याउन कति मिठो बोल्नु पर्यो होला,कति जिम्मेवारी बहन गर्नुपर्यो,कति आश्वासन दिनुपर्यो र अनेकै जोखिन आफैले मोलेर रक्तदाता लाई राजी गराइ अस्पताल लगेर आकस्मिक रक्तदान गरि बिरामीको लागि रगत उपलब्ध गराई बिरामीको नयाँ जीवन प्राप्त भएकोमा त्यो भन्दा खुसी जिबनमा अरु केही नपाएको उनी भन्छन् भने सोही कोरोना कालमा दैनिकी रोजगारी गरि आफ्नो घर परिबारको लागि दैनिकी खाद्ययान्न किनि दुखसुख दुईछाक टार्नेलाइ कोरोना प्रकोपका कारण महिनौं दिन सम्म काम बन्द भै एकछाक समेत खान धौधौ परेको अवस्थामा उनकै पहलमा विभिन्न ब्यक्तित्व,साथिभाइ,समाजसेवी आदि लाई भनी वहाँ हरुबाट आर्थिक देखि जिन्सी सामान लिइ वितरण गरेका थिए । १२० संख्याको घरघरमा पुगि अन्न देखि लत्ताकपडा उनैले नेतृत्व गरेको समाज सेवामा समर्पित युवा समुहका अन्य सहकर्मी साथिभाइ हरुको सकृयतामा बितरण गर्दाको क्षण र कयौं दिनदेखिको भोको पेटमा केहि दिनको लागि भएपनी पेटमा अन्न पर्नेको खुसीको पल उनिहरुको मुहारमा देख्दा मानव भएर मानबको सेवा गर्नुनै ठूलो धर्म गरिएको महसुस भएको उनि बताउछन् । चन्द्रपुर नगर उद्योग संघको संचालक समितिको सदस्यमा एक कार्यकाल बिताएका आचार्य हाल नेपाली कांग्रेसको ६ न वडाको उपसभापति पदमा कर्यरत छन् । अन्य विभिन्न संघ संस्थामा समेत कार्यरत छन भने चन्द्रोदयको संस्थापक सदस्य समेत रहेका उनी उपाध्यक्ष हुँदै अहिले बर्तमान अध्यक्ष पदमा सर्बसहमत चयन भएका हुन । तपाई अध्यक्ष भएपछि अबको ४ बर्षे कार्यकालको उपलब्धि के रहनेछ भन्ने प्रश्नमा सर्बप्रथम त मलाई चन्द्रोदय सहकारीको अध्यक्षमा चयन गरेर बिश्वास सहित सुम्पेकोमा सम्पुर्ण सेयर सदस्य,निर्बतमान संचालन समिती,अग्रज ब्यक्तित्व समकालीन साथिहरु तथा शुभ चिन्तक शुभेच्छुक हरुमा हृदय देखि नै नमम गर्दै वहाँ हरुको बिश्वास मायालाई कायमै राखी सदस्य हकहितको पक्षमा कटिबद्ध भै आफ्नो कार्यकालमा सदस्यको आर्थिक देखि सामाजिक कार्यमा लागि आफ्नो अवधी बेथित गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनको परिचय सहकारीकर्मी,युवा समाजसेवीमा मात्र नभै एउटा कुशल गितकार साहित्यकार, तथा उत्कृष्ट कार्यक्रम प्रस्तोताको रुपमा पनि उनि चिनिन्छन । उनले कोरेका शब्दहरु नेपालका प्रसिद्ध लोकप्रिय गायकहरु प्रमोद खरेल,आनन्द कार्की जस्ताको स्वरमा सजिएका छन, भने बेलाबेलामा समसामयिक बिषयहरुमा उनले लेखेका कबिता गजल समेत सामाजिक संजाल हरुमा आइरहन्छन् । २०७९ पुस १७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here