रौतहट,१८ पुस । रौतहटको पर्यटकिय स्थल नुनथरमा हिजो अंग्रेजी नयाँ बर्षको दिन भारतीय पर्यटकको भिडनै लागेको थियो । बागमती किनारामा भारतीय नम्बरका सवारीको चापनै लागेको थियो । भारत बिहारका बिभिन्न स्थानबाट नयाँ बर्ष मनाउन आएका पर्यटकले नुनथर भरीभराउ भएको थियो । अंग्रेजी नयाँ बर्ष बनाउन आएका भारतीले हिजो चन्द्रनिगाहपुरका होटलहरु समेत भरीभराउ भएका थिए । अग्रेजी नयाँ बर्षको दिन रौतहटको चन्द्रनिगाहपुरमा भारतीय पर्यटकका कारण मदिराको राम्रो व्यापार भएको स्थानीय व्यापारीहरुको भनाइ रहेको छ । बिहारमा मदिरा बिक्रि बितरणमा रोक लागेपछि भारतीयहरु मदिरा सेवनकै लागि रौतहटका बिभिन्न स्थानमा आँउने गरेकाछन् ।