अशोक पहाडी
रौतहट,२२ पुस । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको दुई वटा सुन पसलमा चोरी भएको छ । चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको गढीमाई सुचाँदी पसल र बजारमा रहेको प्रज्वल सुनचाँदी पसलमा चोरी भएको हो । गएराती चोरहरुले दुबै सुन पसलको सटर फोरेर पसलमा रहेको सुन र चाँदीका गंहना चोरेर लगेका हुन । दुबै पसलबाट कति परिणाममा सुन चाँदी चोरी भयो भन्ने बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु प्रसाद जयसवारले जानकारी दिए ।दुबै पसलबाट करिव १२ लाख बराबरको सुन र चाँदीका गहना चोरी भएको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here