चन्द्रपुर,२२ पुस । चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेको सक्रियतामा चन्द्रनिगाहपुरको मेन चोकमा ह्युमपाईप हाल्ने काम हुदै छ । २०२६ सालमा बनेको पुर्व पश्चिम राजमार्गको गैडाटार जाने बाटोबाट आँउने पानी सडक मुनीको ह्युमपाईप जाम भएका कारण हरेक बर्षायाममा पानी सडक बाटै बग्ने गरेको थियो । मेयर काफ्ले र चन्द्रपुर ४ का वडा अध्यक्ष रबी राना मगरको सक्रियता सडक मुनीको ह्युमपाई निकालेर नयाँ हाल्ने काम भईरहेको छ ।
हरेक बर्षायाममा सो स्थानको ह्युमपाईपबाट पानी नबगेर आआर गेष्ट हाउस अगाडीको राजमार्गनै जलमग्न हुने गरेकाले आफुहरुले सो स्थानको बर्षौ पुराना ह्युमपाईप निकालेर नयाँ ह्युमपाईप हाल्न लागेको मेयर काफ्लेको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिकाको मुख्य चोकनै बर्षाको बेला नालाको पानी नबगेर जलमग्न हुन थालेपछि आफुहरुले नयाँ ह्युमपाईप हालेर काम अगाडी बढाउन थालेको मेयर काफ्लेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here