रौतहट,२२ मंसिर । फतुवा बिजयपुर स्थित दुधिअवा क्याम्पसको भौतिक तथा गुणस्तरीय शिक्षाकोलागि एक उद्धघाटन कार्यक्रमको आयोजना गरि आजबाट धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ शुरु गरिएको छ । सप्ताहको पहिलो दिन आज पंचकन्या सहित १०८ कलशयात्राले नगर परिक्रमा गरिएको थियो ।
रौतहट क्षेत्र नं। ३ क का प्रदेश सांसद मा। केशव राय चौधरीको प्रमुख आथित्यमा भएको उद्धघाटन कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष श्री गणेश मैनाली, क्याम्पस प्रमुख श्री रन्जन खरेल, प्रमुख बाचक पंडित श्री भोजराज मिश्र लगायतकाले कार्यक्रमको औचित्यता प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख रंजन खरेलले यो सप्ताह ज्ञान महायज्ञ शुरु गर्नुको मूख्य उद्धेश्य महायज्ञ मार्फत धार्मिक कार्यमा संलग्नता जनाउने र अर्को उठेको रकमबाट क्याम्पसको भौतिक तथा गुणस्तरिय शिक्षा प्राप्तीको लागि खर्चने बताउनु भएको थियो । त्यसै गरि नगरपालिका कै एकमात्र स्नातक तह पढाई हुने कारणले मात्र नभई मेरो निवार्चन क्षेत्र समेत भएको र आफ्नो क्षेत्रमा बिकासका पुर्वाधार तथा शैक्षिक प्रगतिको लागि यस दुधिअवा क्याम्पसको भौतिक तथा गुणस्तरीय शिक्षाको उन्नयनका लागि मेरो हर किसिमले आर्थिक तथा नैतिक समर्थन रहेकोे कुरा उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद मा। श्री केशव राय चौधरीले बताउनु भयो ।
२९ गते सम्म चल्ने उक्त सप्ताह ज्ञान महायज्ञमा सम्पुर्ण जिल्लाबासी, नगरबासी, शिक्षाप्रेमी, छिमेकी जिल्ला लगायतका दानबिर महानुभावहरुलाई सप्ताहमा उपस्थित भई धार्मिक अनुष्ठानमा सहभागि बनि आर्थिक सहयोग गरि पुन्य कमाउन पनि क्याम्पस संचालक समितिका अध्यक्ष गणेश मैनाली तथा वडा अध्यक्ष मन्जय कुमार चौधरीले संयुक्त अपिल गर्नुभएको थियो । उद्धघाटन कार्यक्रममा स्वागत मन्तब्य निर्मल आकास तथा कार्यक्रमको संचालन अनन्त पौडेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here