गरुडा,२४ पुस । प्रधानाध्यापक सरुवाको विषय लिएर प्रदर्शनमा उत्रेका श्री नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरुलाई बिपक्षीदलका केहि ब्यक्तिले आफ्नो स्वार्थका पूर्तीका लागी उचालेर गराएको र बिधालयलाई राजनैतिक आखाडा बनाउन खोजेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले आरोप लगाउनु भएको छ ।
शिक्षा क्षेत्रलाई सुधार गर्ने खोज्दा बिधालयमा राजनितीकरण गरि बिधार्थीलाई उचालेर आन्दोलन गराउनु, पालिका घेराउ गराउनु अशोभनिय रहेको भन्दै नगर प्रमुख जयसवालले आपती जनाए ।
एउटै विद्यालयमा लामो समय देखि कार्यरत रहेको कारण शैक्षिक अवस्था तहसनहस हुन पुगेको, विद्यालयलाई राजनीतिक अखडा बनाएकाले सुद्धिकरणका लागि सरुवा गरिएको मेयर जयसवालको दाबी छ ।
शिक्षक र प्रधानाध्यापक सरुवा हुनु स्वभाविक हो, यो त बेला बेलामा हुनै पर्छ, यसमा आतिनु पर्ने कुनै आवश्यक नै छैन् । हामीले कसैमाथि अग्रहपुर्वाग्रह नराखि यो निर्णय गरेका छौ । बिस्तारै आवश्यकता अनुसार अरु बिधालयमा सरुवा गर्दै जाने मेयर जयसवालले भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here