गौर,२६ पुस । नेकपा माओवादी ,नेकपा एमाले ,स्वतन्त्र हुदै आफ्नै आम जनता पार्टी खोलेका प्रभु साहको पार्टीको व्यानर अगाडि दुई युवती छमक छमछमके भन्दै कुकुर डान्स गरेको एउटा भिडियो यतीबेला सामाजिक संजालमा भाईरल बनेको छ ।
साहकी श्रीमती मेयर रहेको मौलापुर नगरपालिकाले केही बर्ष देखी गर्दै आएको शिवरात्रीको अवसरमा आयोजना हुने मधानी महायज्ञमा नाच्नका लाति ती युवतीले यस्तो डान्सको रिहसल गरेका थिए ।
छमक छमछमके भन्ने गितमा डान्स गर्ने दुई युवती मध्य पंहेलो ड्रेस लगाएकी युवतीले कुकुर डान्स गरेकी छिन् । समाजिक संजाल प्रयोगकर्ताले सो डान्सको रिहसल मौलापुर नगरपालिकाको सभाकक्षमा प्रभु साहकै अगाडी गरेको बताएका छन् ।
आँम जनता पार्टी मधेश काठमाण्डौ सम्पर्क मञ्च प्रदेश स्तरिय भेला लेखिएको व्यानर अगाडि दुई युवतीले उश्रृखल नृत्य गरेको भिडियोले यतीबेला सामाजिक संजाल तताएको छ । कयौले आँम जनता पार्टीका अध्यक्ष साहले आफ्नो अगाडि साहले यस्तो नृत्य गर्न लगाएको कमेण्ड गरेकाछन् ।
कुनै पनि बाहानामा चर्चामा आँउन रुचाउने रौतहट क्षेत्रनं ३ का संसद तथा पुर्व मन्त्री प्रभु साहले मौलापुर नगरपालिकामा महाँ शिवरात्रीको अवसरमा हरेक बर्ष आयोजना हुने मधानी महायज्ञ भोजपुर कलाकार बोलाएर मनोरंन्जन दिदै आएको बिषयमा समेत सामाजिक संजाल प्रयोकर्ताहरुले धर्मको नाममा छाडा काम गरेको टिप्पणी गर्दै आएका छन् । २०७९ पुस २६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।