गुजरा,३० पुस । रौतहट जिल्लाको गुजरा नगरपालिकाले माघी पर्वको अवसरमा माघ २ गते सोमवार नगरभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गुजरा नगरपालिकाको कार्यपालिका ले २०७९ पुस २८ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको गुजरा नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार जयसवालले जानकारी गराएका हुन् ।
नगरपालिकाको निर्णयसँगै सो पालिकामा माघ २ गते स्थानीय बिदा हुने भएको छ । स्थानीय सरकारले माघी महोत्सव मनाउनका लागि विदा दिएको हो ।