अशोक पहाडी
चन्द्रपुर,३० पुस । रौतहट जिल्लामा लामो समय देखी चलेका अबैध ४ क्रसरको लाईन काटिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले रौतहट अबैध ४ क्रसरको लाईन काटन् निर्देशन दिएपछि रौतहटका ४ वटा क्रसरको लाईन काटिएको हो ।
लामो समय देखी रौतहटका बिभिन्न स्थानमा स्थानीय प्रशासनको मिलेमतोमा निर्वाध रुपमा चलेका क्रसर उद्योग बन्द गराउने अभियानमा यतीबेला जिल्ला प्रशासन कार्यालय रौतहट लागेको छ ।
गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय रौतहटले गत आईतबार जिल्लाका बिभिन्न क्रसर उद्योगको अनुगमन गरेको थियो । गृह मन्त्रालयले अबैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले गत आईतबार अनुगमन गरेर केही क्रसर उद्योगलाई बन्द गर्नका लागी निर्दैशन दिएको थियो । रौतहट र सर्लाहीका अवैध क्रसर उद्योगहरू बन्द गरिन थालिएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय रौतहट, घरेलु तथा साना उद्योग कार्यालय रौतहट, जिल्ला समन्वय समिति रौतहटसहितको सरोकारवाला, कार्यालयका प्रमुख तथा निमित्त प्रमुखहरूले जिल्लामा सञ्चालित क्रसर उद्योगहरूको स्थलगत अनुगमन गरेपछि गत आईतबार चार उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटको वृन्दावन ६ मा रहेको राम जानकी क्रसर उद्योग, गुजरा क्रसर उद्योग एवं निर्माण कम्पनी लिमिटेड रौतहट, र चन्द्रपुर ८ मा रहेको आश्रय अस्फाल्ट एवं क्रसर उद्योग बन्द गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यी क्रसर उद्योग लामोे समय देखी मनोमानी रुपमा स्थानीय प्रशासनको मिलेमतोमा संचालन हुदै आएका थिए । सन्जु क्रसर तथा वासिङ उधोग एण्ड कन्ट्रक्सन प्रा लि कटहरियाको समेत बिजुली लाईन काटिएको छ । चार वटै उद्योगको बिजुली लाईन काटनका लागि जिल्ला प्रशासन कार्यालय रौतहटले मातहतका बिद्युत कार्यालयमा पत्राचार गरिएपछि लाईन काटिएको नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धिरेन्द्र यादवले जानकारी दिएकाछन् ।
रौतहटमा एक दर्जन बढी बालुवा छान्ने उद्योगको नाममा क्रसर उद्योग संचालन हुदै आएको भएपनि यसभन्दा अगाडि कसैले चासो लिएको थिएन् । चन्द्रपुर ८ मा रहेको आश्रय अस्फाल्ट एवं क्रसर उद्योगका कारण गाँउमा बस्न सक्ने बाताबरण नभएको भन्दै स्थानीले चर्को बिरोध गर्दा समेत यसभन्दा पहिला रौतहट प्रशासनले कुनै वास्ता गरेको थिएन् । सो क्रसर उद्योग रौतहट क्षेत्रनं १ को ख प्रदेशसभा सदस्य नागेन्द्र साहका दाजु र उनकै साझेदारीमा गाँउको बिचमा रहेको खेतमा संचालन हुदै आएको थियो । सो क्रसर उद्योगको समेत बिजुली लाईन काटिएको छ ।
अहिले पनि गृह मन्त्रालयको आँखामा छारो हाल्न रौतहट प्रशासनले क्रसरहरूको अनुगमनको नाटक गरेका स्थानीयवासीले आरोप लगाएका छन् । २०७९ पुस ३० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।