गौर,९ माघ । रौतहटका बिभिन्न स्थानमा च्याउसरी आएका लघुबित्तले गरिवलाई झन गरिव बनाउने काम गरेको आवाज उठदै आएको छ । यो आवाज उठिरहेका बेला गौरमा रहेको राजश्री सेविंग्स एण्ड क्रेडिट को आँपरेटिभ सोसाइटी लिमिटेडले गर्दे आएको ठगी धन्दाका कारण यँहाकां सेवाग्रहीहरु आन्दोलन गर्ने चेतावनी दिएका छन् । राजदेवी नगरपालिका ४ बतसपुरका दर्जनौं व्यक्तिहरुले आइतवार गाउमै गरेको पत्रकार सम्मेलन मार्फत राजश्री संस्था विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । दैनिक बचत गरेर राखेको रकम संस्थाका एजेन्ट र कर्मचारीहरुले हिनामिना गरेको भन्दै उनीहरुले आन्दोलन गर्ने बताएका छन् । उक्त गाउँमा एक सय भन्दा बढी सेवाग्रहीहरुको करिब १५ लाख रुपैया हिनामिना भएको आरोप समेत उनीहरुको रहेको छ । राजश्री संस्थाले तोकेको एजेन्ट रौशन झा मार्फत सेवाग्रहीहरुले दैनिक ५० देखि २ सय रुपैयासम्म बचत गरेर जम्मा गर्दे आएका थिए । तर, एजेन्टले नक्कली सहि गरेर सेवाग्रहीको नाममा रहेको खाताबाट लोन मार्फत रकम निकालेको आरोप राजाराम दासको रहेको छ । हामीले सय रुपैयाको दरले दैनिक रुपमा रकम जम्मा गराउने गरेका थियौं, समय पुगेर रकम झिक्न जाँदा खाताबाट पहिल्यै २१ हजार ५ हजार लोन लिएको रेकर्ड देखाएर संस्थाले भुक्तानी दिन अस्विकार गरेको दासले बताए । संस्थाले समय पुरा भईसकेको सेवाग्रहीहरुलाई उपस्थित गराएर भुक्तानी दिनुको सट्टा एजेन्टलाई नै भुक्तानी दिने गरेकोले पनि रकम हिनामिना हुनुमा एजेन्ट र कर्मचारी दोषी रहेको अर्का पीडित सेवाग्रही विपिन मिश्राले जानकारी दिए । एजेन्टका कारण आफ्नो पनि ६० हजार रुपैया हिनामिना भएको उनको गुनासो रहेको छ । रकम हिनामिना भएको जानकारी पाउँदा संस्थाका कर्मचारीहरु यस विषयमा आफुलाई कुनै जानकारी नभएको भन्दै पञ्छिन खोजेको थियो । तर, पीडित व्यक्तिहरुले संस्थाका एजेन्ट झालाई स्थानीय बसपार्कबाट पक्राउ गरी संस्थाको जिम्मा लगाएर रकम असुल गर्न दवाव सृजना गरेको भएपनि हालसम्म आफ्नो रकम पाउन नसकेको गुनासो सेवाग्रहीहरुले पत्रकार सम्मेलनमा जानकारी गराए । संस्थाले एजेन्ट झा विरुद्ध मुद्धा दर्ता गरी कारबाही प्रकृया अगाडी बढाएपनि विगत एक वष देखि हामीहरुले रकम पाउन नसकेको गुनासो उनीहरुको थियो । संस्थाले पटक पटक रकम मिलानका लागि बोलाउने गरेको भएपनि कुनै ठोस निर्णय हुन नसेकेको बसतपुरकी सेवाग्रही आशा देवीको भनाई रहेको छ । तीन साता अघि संस्थामा तालाबन्दी गरेकी उनले रकम पाउने आश देखाएर ८५ हजार ५ सय मध्ये जम्मा १९ हजार रुपैया दिएको उनले बताईन् ।
संस्थाले तोकेको अधिकारीक व्यक्ति मार्फत आफुले रकम जम्मा गराउने गरेको थिए, एजेन्ट भाग्दा हामीलाई मतलब छैन जिम्मेवारी संस्थाले लिनुपर्ने हो अर्का पीडित अम्बिका कुमारी भन्छिन् के ग्यारेन्टी अथवा धरौटीमा संस्थाले एजेन्ट राखेको हुन्छ हामीलाई मतलब छैन हामीले संस्थामा रकम जम्मा गरेका छौं हाम्रो रकम चाहिन्छ । २०७९ माघ ९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।