चन्द्रपुर,११ माघ । उप सचिव दरबन्दी रहेका रौतहटका पालिकाहरुमा अहेव निमित्त कार्यकारी अधिकृत भएर काम गर्न थालेपछि आम सर्बसाधारण मारमा पर्न थालेकाछन् । बिषेश गरेर जिल्लाको गुजरा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रहेका अहेवले दुई बर्ष देखी नगरपालिकाको निमित्त हाकिमको कार्यभार सम्हालेपछि स्थानीयले ठुलो सास्ती खेप्नु परेको गुनासो तिब्र रुपमा बढदै जान थालेको छ । सो नगरपालिकामा अधिकृत लेवलका कर्मचारी हुंदाहुदै खर्दार सो सरहका अहेव बिनोद जयसवालले निमित्तको जिम्बेवारी पाएका थिए । जयसवाल निमित्त हाकिम भएपछि उपभोक्ता समितिको नाममा चेक बन्ना साथ उनी उपभोक्ता समितिको अध्यक्षकै घरमा कमिशन माग्न जाने गरेको एक उपभोक्ता समितिका अध्यक्षले नाम नबताउने सर्तमा तराई एक्सप्रेसलाई जानकारी दिए ।
पैसाका लागि तल्लो स्तरको निच काम गर्न पछि नपर्ने जयसवालले आफ्नै कर्मचारीसंग समेत कमिशन लिने गरेको भन्दै सो नगरपालिकामा जयसवालको चर्को आलोचना हुन थालेको छ ।
आफ्नै कर्मचारीसंग समेत कमिशन माग्न लाज नमान्ने जयसवालले आफ्नो बिषयमा पत्रपत्रिकामा समाचार प्रकाशन भएपनि आफुलाई केही फरक नपर्ने र आफु माथिल्लो निकायको छत्रछाँयामा रहेको तल्लो स्तरको जवाफ दिने गरेकाछन् ।
बिगत २ बर्ष देखी गुजरा नगरपालिकाको निमित्त हाकिमको जिम्बेवारी सम्हालेका जयसवालले यस बिचमा उपभोक्ता समितिको कुरै छाडौ आफ्नै कर्मचारीलाई समेत छाडेका छैनन् एक कर्मचारीले तराई एक्सप्रेससंग गुनासो गरे । उनले दुई बर्षको बिचमा समयमा पत्रपत्रिकामा छाप्नुपर्ने सुचना ब्याक डेटमा छपाएर ठेकेदारसंग मिलेमतो गरेर अकुत सम्पत्ती आर्जन गर्न सफल भएको जानकारहरुको गुनासो रहेको छ ।
समान्य प्रशासन मन्त्रालयका कर्मचारीसंग सेटिङ मिलाएर निमित्त हाकिम बनेका अहेव जयसवालले यतीबेला आफुलाई गुजराको हाकिमबाट कसैले हटाउन नसक्ने भन्दै कर्मचारीलाई धमास दिने गरेकाछन् ।
जयसवालको मनोमानीबाट पिडित रहेका नगरप्रमुख लगाएतले अर्को हाकिम ल्याउन पहल थालेको भएपनि उनले समान्य प्रशासन मन्त्रालयका कर्मचारी मिलाएर सो नगरपालिकामा आँउन चाहने अर्को हाकिमको बाटो छेक्ने काँम गरेको समाचारस्रोतले तराई एक्सप्रेसलाई जानकारी दिएको छ ।
कमिशनमा लुप्त जयसवालले नगरपालिकाले पाँउने कमिशनको रकम आफुलाईनै दिन र अन्य कर्मचारीलाई दिए अर्को पटकबाट आफुले चेकमा सहिनै नगर्ने भन्दै धम्क्याएर रकम असुल्ने गरेको एक व्यापारीले बताए । हाकिमले कमिशन लान्छ अरु कर्मचारीलाई दिदैन् अनि अरु कर्मचारीले आफ्नो काम समयमा गरिदिदैन् भन्दै ति ब्यापारीले सार्वजनिक स्थानमा बोल्दै हिंडदा समेत उनी माथि कसैले एक्सन लिन नसकेको नगरपालिकाका कर्मचारीले गुनासो गर्दे आएकाछन् । २०७९ माघ १०ल गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here