गरुडा,१२ माघ । रौतहटका जनपतिनिधिहरुले सवारी साधनको दुरुपयोग ब्यापक रुपमा गरेका छन । राज्यले जनताको काम छिटो छरितो होस भन्नको लागी नगर प्रमुख र उप प्रमुखलाइ सवारी साधनको ब्यबस्था गरेको भएतापनि जनप्रतिनिधिहरुले आफनै काम गर्न बढी प्रयोग गर्ने गरेको पाइएको छ ।
बुधबार रौतहटको देवाही गुनाही नगरपालिकाकी नगर उप प्रमुख परनिया देबीले सरकारी सवारी साधनको दुरुपयोग गरेकी हुन । उनले नगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी भारतको बैरगनिया समान खरिद गर्न लगेको भेटिएको हो । आफनो निजी कामको लागी उप प्रमुख परनिया देबीले सरकारी गाडी र इन्धनको दुरुपयोग गदै भारतको बैरगनिया लगेपछि निजलाइ कार्वाहीको काम उठेको छ । यस अघि गुजरा नगरपालिकाकी उप प्रमुखले पनि आफनो कार्यक्षेत्र भन्दा बाहिर बिदाको दिन चन्द्रपुर नुनथर क्षेत्रमा पिकनिक खानको लागी सवारी साधनको दुरुपयोग गरेको समाचार प्रकाशनमा आएको थियो ।
यता चन्द्रपुर नगरपालिकाका नगर प्रमुख र उप प्रमुखले भने आफनो घर जादा समेत आफनै निजी मोटरसाइकलमा जाने गरेका छन । नगरपालिकाको काममा मात्रै गाडी प्रयोग र निजी काममा आफनै मोटरसाइकल र स्कुटर प्रयोग गदै आएको नगर प्रमुख संजय काफलेले जानकारी दिएका छन । चन्द्रपुर नगरपालिकाको नगर प्रमुख र उप प्रमुखको गाडी प्राय बिदाको दिन तथा कार्यालय समय बाहेक कार्यालय मै राख्ने गरेको छ । २०७९ माघ १२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here