गौर,१३ माघ । धन लक्ष्मि नाम गरेरको एक सहकारीले सर्वसाधारणले खाई नखाई जम्मा गरेको धननै लिएर फरार भएको छ । धन लक्ष्मि बचत तथा ऋण सहकारी संस्था गौरले सर्वसाधारण जनताको रकम लिएर फरार भएपछि सयौं सेवाग्राहीहरुको विल्लीबाठ भएको छ ।
रौतहट सदरमुकाम गौर नगरपालिकाको विपी चौकमा रहेका धनलक्ष्मि बचत तथा ऋण सहकारी संस्थामा गरिव, असहायको साथै निम्न बर्ग एवं मध्यम वर्गका व्यक्तिहरु दिनभरीको मेहनतबाट आर्जन गरेका रकम लिएर फरार भएको हो ।
धन लक्ष्मि बचत सहकारी ऋण सहकारी संस्थामा जम्मा गरेको सयौं उपभोक्ताहरुको करोडौं रकम लिएर संचालक सहित र कर्मचारीहरु फरार भएपछि उपभोक्ताहरुको अहिले बिल्लीबाठ भएको हो ।
महादलित समुुदायमा पर्ने गौर नगरपालिका ७ का गायत्री देवी पासवानले दैनिकी गरेर दुई छोरी अंशु कुमारी र बर्षा कुमारीको नाममा बचत जम्मा गरेको १ लाख २६ हजार साँबा रकम लिएर संचालक मनोज गिरी फरार भएको दुखेसो पोखिन । विगत ८ महिना अघि फरार भएका गिरी अहिले सम्म सम्पर्कमा आउन नसकेको उनको भनाइ रहेको छ ।
गायत्री मात्रै पिडित होइनन् धनलक्ष्मिले धेरैलाई पिडा दिएको छ । सोही वडाका शेख सतारको १ लाख ८ हजार, शेख जाजुको २ लाख ५० हजार, फेकन दर्जीको १ लाख ७० हजार, मोबारक दर्जीको १ लाख ३५ हजार, सुरेन्द्र साह तेलीको ३२ लाख गरी सयौं उपभोक्ताहरुको करोडौं रकम लिएर संचालक गिरी फरार भएको पिडितहरुले बताए ।
यस सम्बन्धमा धनलक्ष्मि बचत ऋण सहकारी संस्थालाई खोजतलास गर्दा विगत महिनौ देखि यहाँ कुनैपनि कर्मचारी नरहेको, संचालक फरार भएर भारतमा रहेको तथा उनीहरु संग सम्पर्क गर्न कुनै माध्यम नभएको पिडितहरुले बताए ।
पीडितहरु जे भएपनि रकम फिर्ता पाउन अब अन्तिम विकल्प न्यायको लागि सम्बन्धित निकायमा जान बिवश भएको उनीहरुले गुनासो गरे ।
गौरमा रहेको सहकारी संस्थाहरु माथि सेवाग्राहीको विश्वास घट्दै गएको छ । राजश्री बैंकको कतिपय एजेन्टहरु उपभोक्ताहरुको रकम हिनामिना गरेको समाचारहरु बाहिरिदै गर्दा सहकारी माथि अंकुश लगाउन सम्बन्धित निकाय अविलम्ब पहल गरी निगरानी बढाउनु पर्ने आवाज उठदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here