रौतहट,१३ माघ ।
सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ । यसअघि गत मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।
मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको थियो । बुधबार भने सुनको मूल्यमा प्रतितोला १ सय रुपैयाँ कम भएको थियो। तेजाबी सुन भने प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि भने गत वर्षको फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो । जुन उच्च मूल्य एक वर्ष नपुग्दै तोडिएको हो । अन्तर्राष्ट्रिय मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८३ रुपैयाँ कायम भएको छ ।
बुधबार भने चाँदीको मूल्य १ हजार ३ सय ६५ रुपैयाँ प्रतितोला कायम भएको थियो ।
चाँदीको मूल्य भने गत फागुन २५ गते प्रतितोला १ हजार ४५० रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here