चन्द्रपुर,१६ माघ । चन्द्रपुर सिटी जेसिसको अध्यक्षमा गौतम निर्वाचित चन्द्रनिगाहपुर सिटी जेसिसको वर्ष २०२३ को अध्यक्षमा जेसी चिरञ्जीवी गौतम निर्वाचित भएका छन । चन्द्रनिगाहपुर सिटी जेसिस समग्र चन्द्रपुरकै उत्कृष्ट सामुदायिक संस्था बन्न सफल रहोस भन्दै विभिन्न क्षेत्रका अगुवाहरुले गौतमलाई बधाइ दिएका छन । शनिबार भएको जेसिसको १० औ बाषिक साधरण सभा तथा शाखा अधिबेशनबाट गौतम चन्द्रनिगाहपुर सिटि जेसिसको १० औ सभापतिमा निर्वाचित भएका हुन । शनिबार चन्द्रनिगाहपुरमा जेसी चिन्जीबी गौतम र जेसी राजन श्रेष्ठ बिच निर्वाचन भएको थियो ।