रौतहट,१८ माघ । रौतहटको सदरमुकाम गौरमा रहेको एक डेरी उद्योगले भैसीको बोसोबाट बनेको घिउ बजारमा बिक्रि बितरण गर्ने गरेको पाएको छ । गौर नगरपालिका ५ मा रहेको फुलतारा डेरी उद्योगमा रौतहट प्रहरीले छापा मारे पछि यस्तो कुरा बाहिर आएको हो । सो डेरी उद्योगबाट प्रहरीले ठूलो परिमाणमा अखाद्य बस्तुहरु बरामद गरेका छ ।
उक्त कार्यमा संलग्न डेरीका संचालक राजपुर नगरपालिका वडा नम्वर १ भगवानपुर बस्ने हाल आफ्नै घरमा डेरी संचालन गरेका महम्मद मतिउल्लाहलाई प्रहरीले नियन्त्रणको बुझिएको घटनास्थल श्रोतले बतायो ।
संचालक मतिउल्लाह सहित त्यहाँ कार्यरत २ जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार सोधपुछको क्रममा विभिन अखाद्य पदार्थ भारतबाट विभिन्न चोेर बाटो भएर नेपालमा भित्रयाइएको बुझिएको छ ।
उक्त डेरीमा अखाद्य पदार्थको प्रयोगबाट तयार पारिने घिउ गौर, काठमाडौं सहित मुलुकको विभिन्न भागमा सप्लाई गर्ने गरिएका थिए । अखाद्य पदार्थ मिसिएका घिउ, दुध, मिठाई लगायतका सामान किन्न ठूलो भिड हुने उक्त डेरीको कर्तुत थाहा भएपछि गौर नगरवसीहरु चकित भएको स्थानीय समाजसेवीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले प्राप्त सुचनाको आधारमा प्रहरीले छामा मारेको स्वीकार्य गर्दै त्यहाँ बरामद भएको अखाद्य बस्तुहरुको परिक्षण गरिने तथा आवश्यक अनुसन्धान गरी कानुन बमोजिम संचालक सहित दाषिहरुलाई कारवाही गरिने बताए ।